
अर्जेन्टिनाको बहिया ब्लाङ्कामा रहेको ब्युनस आयर्स बन्दरगाहमा शक्तिशाली आँधी आएको छ । शनिवार आएको आँधीमा परि १३ जनाको मृत्यु भएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
त्यहाँको मेयर कार्यालयको सूत्रका अनुसार भारी वर्षा र हावाका कारण स्केटिङ प्रतियोगिता भइरहेको बहिया ब्लाङ्काको छत समेत आँधी सहितको हावाहुरीले उडाएको थियो ।‘दुर्भाग्यवश आपत्कालीन सेवाले बहिन्से डेल नोर्टे क्लबमा १३ जनाको ज्यान गएको पुष्टि गरेको छ,’ नगरपालिकाले विज्ञप्तिमा भनेको छ ।उक्त शहरमा एक सय ४० किलोमिटर ९८७ माइल प्रतिघन्टाभन्दा पनि बढीको वेगले हावा चलेको बताइएको छ । तीव्रगतिको हावा आएसँगै केही भागमा विद्युत समेत अवरुद्ध भएको जनाइएको छ ।




























