
काठमाडौं। वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्।सोमबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजीनामा घोषणा गरेका हुन्। प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने सम्भावना कमजोर भएपछि उनले पदबाट राजीनामा दिएका हुन्।गत साउन ६ गते तत्कालीन सत्ता साझेदार दल नेकपा एमालेका ६ जना मन्त्रीले राजीनामा दिँदै सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका थिए।मुख्यमन्त्री बानियाँको राजीनामासँगै अब वाग्मती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ। सत्ता साझेदार दलहरूबीच भएको सहमतिअनुसार अब प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले गर्ने भएको छ।



























