प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानविन समिति गठन नभएसम्म विरोध कायमै राख्ने निर्णय गरेको छ ।संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले छानविन समिति कांग्रेसको बटमलाईन भएको भन्दै माग पुरा नभएसम्म विरोध जारी रहने निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा गृहमन्त्री संलग्न रहेको पुष्टि हुने प्रमाण देखिएकाले संसदीय छानबिन समितिको अडान कायमै राख्ने निर्णय भएको जानकारी दिनुभयो । उहाले छानबिन समिति गठन पार्टीको बटमलाइन भएको भन्दै उहाले त्यसबाट पछि नहट्ने स्पष्ट पार्नुभयो । संसद् बैठक अवरोध हुँदा त्यसको जिम्मेवार सरकार हुने उहाले बताउनुभयो । कांग्रेसले उठाएका बिषय सवै नेपाली जनताको चासो र सरोकारको बिषय भएको ठहर रहेको उहाको भनाइ छ । बैठकले सरकारको गैर जिम्मेवार र असंवेदनशील चरित्रले संसदीय छानविन समितिको आवश्यकतालाई थप पुष्टि गरेको निष्कर्ष निकालेको लेखकले बताउनुभयो । उहाले सहकारी ठगीमा संलग्न मानिसहरुलाई बचाउन सरकारले राज्यका संवैधानिक निकाय समेतको अवैधानिक र अमार्यादित ढङ्गले दुरुपयोग गरी रहेको धारणा राख्नुभयो ।त्यस्तै बैठकले डढेलोबाट धनजनको क्षति प्रति दुःख व्यक्त गर्दै आगजनी तथा डढेलो नियन्त्रणका साथै विपदको घडीमा क्षति पुगेको घरपरिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । त्यस्तै बैठकले देशका बिभिन्न स्थानमा खानेपानी समस्या देखिएको भन्दै समस्याको समाधान तत्काल गर्न सरकारसंग माग गरेको छ ।