
प्रचण्ड सरकारले बालकुमारीमा २ युवाको हत्या गरेकोमा अहिले पूरा नेपाली समाज आक्रोशित बनेको छ । मन्त्रीको गाडी जलाएको निहुमा सरकारले जुन रुपमा घातक बल प्रयोग गरेर २ सपुतको हत्या गर्यो त्यसको चौतफी आलोचना भइरहेको छ । युवाको हत्या गाली लागेरभन्दा पनि पहिला नै बन्दुकको कुन्दाले छातीमा हानेर हत्या गरिसकेपछि गोली हानिएको भन्ने समाचार प्रचण्ड सरकारप्रति जनता त्रसित् बनेका छन् । प्रचण्ड सरकारका र्गहमन्त्री नारायणकाजीको राजिनामाको माग तिब्र रुपमा उठेको छ । २ युवाको हत्यापछि देशभरि प्रचण्ड सरकार विरोधमा जनता सडकमा आउने डरले सरकारले घटना घटेको २४ घण्टा पनि नभइ छानविन आयोग बनाउने र मृतकको परिवारलाई १० लाख दिने निर्णय गरेको धेरैको बुझाई छ । के १० लाख रुपैयाँले हत्या गरिएका युवाका परिवारको पीडा सदाका लागि गायब हुन्छ? धेरैको यही प्रश्न छ । यो घटनामा जोजो दोषी छन् तिनलाई कार्वाही गर्नुपर्ने जनताको माग उठेको छ र यसले चाहिं परिवारको पीडा कम हुन सक्छ ।
गोली चलाउने प्रहरीलाई सहिद बनाउने र गोली हान्ने आदेश दिने सिडियो र गृहमन्त्री जोगाउने खेल पनि हुन थालेको देखिन्छ । अब आन्दोलनको दिशा मोडिएर सिंहदरबारतिर हुनुपर्छ । विदेश जानका लागि दिइने परीक्षाका लागि नभएर नेपालमै रोजगारी दे भन्दै सिंहरबारमा आन्दोलन तेर्सिनु पर्ने देखिन्छ । यहाँ एउटा विद्रोहको खाँचो छ जसले यी पुराना पार्टीलाई तह लाउन सकोस् भन्ने पुण्य प्रसाई तार्किक विचारका लागि यो भिडियो हेर्नुहोला ।




























