
काठमाडाैं । ललित स्मृति एन्फा यु–१८ युथ लिगको फुटबल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी)ले चर्च बोइज युनाइटेडलाइ पराजित गर्यो । खेलमा एनआरटीले चर्च बोइज युनाइटेडलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।खेलमा सुरुआती अग्रता भने चर्च बोइजले लिएको थियो। ३६औं मिनेटमा अमनबहादुर तामाङले गोल गरेका थिए । तर, विज्ञानले ५५ र ८०औं मिनेटमा गोल गर्दै एनआरटीलाई पुनरागमन जित दिलाए । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सुरु प्रतियोगीतमा १२ क्लब सहभागी छन् ।लिगको च्याम्पियनले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पाउनेछन् ।




























