
काठमाडौं । बंगलादेश काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।सोमबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै बंगलादेशले नेपालसँग फाइनल भेट पक्का गरेको हो ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न दोस्रो सेमिफाइनलमा पेनाल्टी सुट आउटमा डिफेन्डिङ च्याम्पियन भारतलाई ४-३ गोल अन्तरले पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको हो ।यस अघि निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो ।अव उपाधिका लागि आयोजक नेपाल र बंगलादेश विच खेल हुनेछ।आइतबार नेपालले भुटानलाई टाइब्रेकरमा ४- १ बाट हराउँदै फाइनलमा पुगेको हो। फाइनल खेल बुधबार हुनेछ ।




























