
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पत्रकार सम्मेलन आयोजना गर्दै छ ।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए अनुसार आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो ।पत्रकार सम्मेलनमा चिनियाँ भ्रमण तथा समसामयिक राजनीतिक घटनाक्रमबारे जानकारी गराइने जनाइएको छ ।




























