
काठमाडौं | सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय एकता बलियोभएमात्र मुलुक समृद्ध हुन सक्ने बताउनुभएको छ ।नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वाको स्मृति दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले धार्मिक, सांस्कृतिक र जातीय विविधताबीचको एकता बलियोभएमात्र मुलुक समृद्ध हुन सक्ने बताउनुभएको हो ।उहाले संस्कृतिमाथि हमलाले समाजलाई कमजोर बनाउने भएकाले सवै सजक रहनुपर्ने जिकिर गर्नुभयो । राष्ट्रवाद भनेको कुनै सिमामा मात्र खोज्ने कुरा नभएको भन्दै मन्त्री गुरुङले राष्ट्रियता प्रत्येक जनताको अनुहारमा खोज्नुपर्नेमा जोड दिनुभयो । भाषा संरक्षणका लागि सबैभन्दा पहिलो प्रयास शैक्षिक संस्थाबाटै सुरु गर्नुपर्ने उहाको भनाइ छ ।त्यस्तै उहाले नेपाल भाषा, नेपाल सम्वतलाई राज्यले सधै महत्व दिएर अघि बढ्ने धारणा पनि राख्नुभयो ।




























