
काठमाडौं| काठमाडौंको गोकर्णेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । बिहीबार गोकर्णेश्वर नगरपालिका ७ शिवचोकमा लुटेराको ३ जनाको समूहले स्थानीय महिलालाई खुकरी प्रहार गरेर लुटपाट गरेको वडाध्यक्ष केशव गुरुङले बताए।खुकुरी प्रहारबाट घाइते भएकी पन्तको उपचार शंकरापुर अस्पताल नारायणटारमा भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानमा तामाङले मदिरा सेवनपछि कोठामा प्रवेश गरी आक्रमण गरेको खुलेको छ ।काभ्रेको चौरीदेउराली गाउँपालिका–८ घर भएकी पन्तलाई खुकुरी प्रहार गरेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भएका ३७ वर्षीय कर्णबहादुर तामाङ पक्राउ परेका छन् ।शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरिएकी महिलाको अवस्था गम्भीर छ। स्थानीय प्रहरीचौकीमा जेनजीले आन्दोलनका क्रममा आगजनी र तोडफोड गरेपछि प्रहरी बस्न सकेको छैन। उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।




























