
काठमाडौं - नेपालमा चलेको द्धन्दको घाउ अझै बाँकी रहेको सचेत नेपाली पार्टीका अध्यक्ष पुण्य प्रसाद प्रसाईले बताएका छन् । उनले आज माईतीघरमा भएको द्धन्दपिडित सुरक्षाकर्मी र उनका परिवारले आयोजना गरेको विरोध सभामा पुगेर यस्तो बताएका हुन् ।द्धन्दले शारिरीक रुपमा मात्र नभएर देशको विकासमा २० वर्ष पछाडी धकेलेको समेत उनले बताए । द्धन्दको कारणले पिडितको परिवार पिडित मात्र नभएर सारा नेपालीलाई असर गरेको समेत बताए । द्धन्दले शारिरीक रुपमा मात्र नभएर देशको विकासमा २० वर्ष पछाडी धकेलेको समेत उनले बताए । द्धन्दको कारणले पिडितको परिवार पिडित मात्र नभएर सारा नेपालीलाई असर गरेको समेत बताए ।नागरिकलाई ठुलाठुला सपना देखाएर गलत दर्शन विकास गरेर द्धन्द निम्ताएको समेत उनले आरोप लगाए । हामीले हाम्रो शरीर अपाङ्ग पायौं, देश अपाङ्ग पायौं । तर त्यही जनताको नाममा लडेर सत्तामा पुगेकाहरु अहिले दलाल र विचौलियासंग मिलेको समेत आरोप उनले लगाएका हुन् । https://www.youtube.com/watch?v=wAbIkCUDlVY&t=92s




























