
काठमाडौं । एक सातामै सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।अघिल्लो दिनको तुलनामा शुक्रबार मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७६ हजार २ रुपैयाँ पुगेको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।




























