
काठमाडौँ | सेयर कारोबार मापक नेप्से परिसूचक ४.१९ अंकले बढेको छ । नेप्से शून्य दशमलव १५ प्रतिशतले बढेर २६३०.७१ विन्दुमा बन्द भएको छ । बिहीबार ५ अर्ब ३२ करोड ९२ लाख रुपैयाँ बराबरको २ करोड ९ लाख कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीहरुमध्ये ७० कम्पनीको शेयर मूल्य बढेको छ भने १६३ कम्पनीको घटेको छ । बाँकी रहेका ९ कम्पनीको शेयरमूल्य स्थिर छ ।३१० कम्पनी कारोबारमा आउँदा ६१ हजार ८३९ पटक शेयर किनबेच भएको छ । २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ५ वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।१३ वटा समूहमध्ये ४ वटा समूहको शेयर मूल्य बढेको छ भने ९ वटा समूह घटेको छ । सबैभन्दा बढी ट्रेडिङ समूह २.३१ प्रतिशतले बढेर ४ हजार ७१८.८५ विन्दुमा पुगेको छ भने वाणिज्य बैंक समूह १.८१ प्रतिशतले बढेर १४२७.९१ विन्दुमा पुगेको छ ।सेयर बजारका १३ उपसमूहमध्ये आज चार उपसमूहमा वृद्धि भएको छ । बैकिङ, इन्भेष्टमेन्ट, लघुवित्त, र व्यापार उपसमूह बढेका छन् । यस्तै, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, निर्जीवन बिमा लगायतका उपसमूह भने घटेका छन् ।




























