काठमाडौँ– लामो समयको पर्खाइ पश्चात प्रदर्शन तय गरेको फिल्म ‘दोख’ ले प्रचारप्रसारलाई तिव्रता दिइरहेको छ । गाउँले परिवेश, जीवनशैली, द्वन्द्व र फुटबललाई विषय बनाएको फिल्मलाई अनुप बराल निर्देशित फिल्मको ‘वन चरी उड्यो’ गीत सार्वजनिक भएको छ । गीतलाई नेपथ्यका भोकलिस्ट अमृत गुरुङले गाएका छन् । सार्वजनिक गीतमा श्रवण मुकारुङको शब्द र आभाषको संगीत रहेको छ । शीर्षकको सार बताउने गीत मार्फत फिल्मको कथालाई व्यक्त गरिएको छ । गीतमा आउने दृश्य पनि कथासार मै छन् । झट्ट हेर्दा माओवादी द्वन्द्वको कथा जस्तो लाग्ने फिल्म ‘दोख’ लाई निर्देशक बराल सामुदायिक बनको मुद्दालाई लिएर दुईवटा गाउँबीचको किचलो देखाएको बताउँछन् । यसको कालखण्ड भने माओवादी द्वन्द्वताकाकै हो । सामुदायिक बनको स्वामित्वलाई लिएर गाउँ विभाजित हुन्छ र उनीहरूले त्यसको विरासत हत्याउन खेलको माध्यम अपनाउँछन् । अर्थात फुटबल खेलमा जसले जित्छ, वनमाथि उनकै रजाँई चल्छ । तर, द्वन्द्वको बेला गाउँमा फुटबल खेल्ने युवाहरू पनि छैन ।शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको यो फिल्मलाई राजन कटैतले लेखेका हुन् । फिल्ममा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगर लगायतका कलाकारको अभिनय छ ।https://www.youtube.com/watch?v=T6ohkAT3lMo