आमा चिन्ता नगर म कोरिया गएर कमाउँछु र परिवारको बोझ थाम्छु, भनेर उपचार खर्च नभएर बाबुको मृत्यु भएपछि आमालाई सम्झाउँदै राजधानी आएका २३ वर्षीय सुजन राउतकी आमाले कहिल्यै सोचेकी थिइन् होला त उनको छोरालाई प्रहरीले अनाहकमा गोली हानेर मार्छ ? तर भयो । सुजनसँगै वीरेन्द्र शाहको मृत्युपछि आक्रोशित जनताको मनोभाव बुझेर अहिले सरकारले यी २को परिवारलाई १० लाख रुपैयाँ, एकजनालाई रोजगारी समेत दिने भएको छ । यति गर्दा पनि विभिन्न ठाउँमा प्रदर्शन हुन थालेपछि अहिले सरकारले उनीहरुलाई सहिद घोषण समेत गर्ने भएको छ ।
मृत्यु भएका युवकका परिवारका साथै उनीहरुका क्षेत्रका सांसदको रोहवरमा सुजन राउतका मामा र वीरेन्द्र शाहका बुबासँग २ युवकलाई सहिद घोषणा गर्न सरकारले सम्झौता समेत गरिसकेको छ ।
आजै बालकुमारी क्षेत्रमा राज्यले हत्या गरेका २ युवकको शव उनीहरुको परिवारलाई जिम्मा लगाइएको छ । केही राजनीतिक पार्टी र अभियानले परिवारका सदस्यलाई राजधानीमे शव बुझ्न लगाएर आफ्नो झण्डा ओडाएर लाशमाथि राजनीति गर्न चाहेको बुझेपछि सरकारले परिवारलाई गाउँमै शव बुझ्ने व्यवस्था मिलाएको हो ।
छोराको शब बुझ्दा साजन राउतकी आमा बेहोसझैं बनेकी थिइन् । एक वर्ष अघिमात्र बाबुको मृत्यु भयो अहिले छोरालाई प्रहरीले गाली हानेर मारिदियो भन्दै डाको छोडेर रोएकी थिइन् ।
दैलेखका प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले रावतको शव परिवारलाई जिम्मा लगाइएको र अन्त्येष्टिको तयारी भइरहेको बताए । त्यसैगरी
बालकुमारी घटनामा नै प्रहरीको गोली लागेर मृत्यु भएका अछामका वीरेन्द्र शाहको शव पनि परिवारलाई जिम्मा लगाउने तयारी पूरा भएको छ ।