रोशन घर्ती मगर
काठमाडौं । रणबहादुर शाह देखि हालसम्म लोकतन्त्रमा फरक छैन, जनताले पटकपटक लोकतन्त्रको नाममा आवाज त उठाए, आवाज मात्रै उठाएनन्, पटकपटक लडे,धेरैले रगत बगाए, कोही सहिद बने तर हातमा गन्न सकिने केहिका लागि बाहेक आम जनतालाई लोकतन्त्र कहिल्यै आएन । ती जनता सधैं सडकमा छट्पटाईरहेका छन् ती सडकको जनतालाई देख्ने शासकको चस्मा कहिले फेर्छन होला कुन्नी ?लाेकतन्त्र त तब आउँछ जुनदिन मुलुककाे प्रधानमन्त्री जे बाेल्छन् सडक नागरिकले पनि त्याे कुरा मेराे पनि हाे भनेर महसुस गर्नेछन् । अहिले त दुर्भाग्य भनाैं या के ? मुलुककाे प्रधानमन्त्रीले बाेलेकाे कुरा उसकै पार्टीको कार्यकर्ताले समेत बिराेध गरिरहेकाे छ । राजा तानाशाह भए भनेर २४० वर्ष मुलुकमा शासन गरेकाे राजसंस्थालाई फालियाे तर आज आएर तिनै प्रचण्डहरूले राजा नै ठिक थिए भनेर किन बाेलिरहेका छन् ?हरेक दिन हरेक शासक जसले मुलुक सञ्चालन गर्ने बागडाेर पुगे उनिहरू दिनमा १० पटक झुट बाेलिरहेका छन् । नागरिक र नेताकाे दुरी अझै बढेकाे छ । प्रचण्डहरूलाई बचाउन छातिमा गाेलि थाप्न पछि नहट्ने पुर्व माओवादी लडाकुहरूलाई सिहंदरबारकाे गेटबाट भित्र प्रवेश गर्न राेक लगाईन्छ । राजसंस्थाकाे बारे वकालत गर्न खाेजेकाे हाेईन तर आज पनि तिनै शासकहरू जसले तानाशाह भनेर आराेप लगाउथे उनिहरू पनि तानाशाह भन्दा के कम भए र? एकले अर्कालाई दाेषाराेपण गर्न बाहेक के सिके र? माओवादीले आजको दिनमा गणतन्त्रकाे स्थापना र राजसस्थांकाे समाप्तिकाे उपलब्धि आफुहरूकाे कारण भएकाे भनेर ठुलठुला माईकमा कानै थर्किने गरि बाेलिरहँदा पूर्वमाओवादी लडाकुँहरूकाे मुटुमा कति ढ्याङराे बज्दाे हाे । हिजाे सडकबाट 'ज्ञाने चाेर याे देश छाेड' भनेर नारा लगाएका अधिकांश जनता सडकमा छाेडिए अनि शासकले तिनै जनता रगतकाे खाललाई सत्ता चड्ने भर्याङ्ग मात्र बनाए जनता सडकमै छाेडिए । के लाेकतन्त्रकाे उपलब्धि आफुलाई मन नपरेकाे मान्छेलाई सत्ताे सराप गर्नु मात्रै हाे । हिजाे काँधमा बन्दुक बाेकेका ती मान्छेले आफ्नाे छाेराछाेरीलाई गणतन्त्र र लाेकतन्त्रकाे उपलब्धिकाे परिभाषा कसरी दिदाँ हुन्,आफ्नाे छाेराछाेरीलाई कसरी परिभाषा दिदाँ हुन् ।आजको दिनसम्म आईपुग्दा देउवा,ओली, प्रचण्डप्रवृत्तीहरू कसरी तानाशाह भन्दा फरक भए ?आफू बाहेक अरू काेहि पनि मुलुक प्रधानमन्त्री नबनाेस् भनेर २,२ पटक संसद विघटन गर्ने ओलीलाई किन तानाशाह नभन्ने ?आफै प्रचण्डकाे टाउकाे मूल्य ताेक्ने देउवाले आज जबर्जस्ती त्यहि प्रचण्डलाई भाेट हाल भन्ने याे कस्ताे लाेकतन्त्र हाे ? कि तानाशाह ? याे सिधै जनताकाे रगतमा शासककाे माेज भएन र? तर त्यो शासक जतनाको नाम भने राजनीति गर्न छाड्दैन् ।२१ औं शताब्दीमा आईपुग्दा पनि विभेद किन उस्तै छ । किनकि शासक चिल्लो कुराको भ्रम फैलाउन मै मस्त छन् । अहिलेको शोषण फरक छ, जनताको नजरमा भ्रम फैलाएर आफुले गलत मार्ग अंगाल्नुपनि आजको दिनमा शोषण हो । शोषण गर्ने तरिका हिजोभन्दा आज निकै फरक छ त्यो हामीले कहिले बुझ्ने ?समृद्धिका सपना हरेकले हरेक पटक देखाए, नागरिक कहिले कांग्रेसबाट झुक्किए,कहिले कम्युनिष्टबाट झुक्किए तर पटकपटक जनता झुक्किरहे, शासकले कहिले यो नाममा त कहिले त्यो नाम पटकपटक झुक्काईरहे ।हिजाेकाे राजा,राणा भन्दा पनि आजकाे मुलुक चलाईरहेका शासक अझ धेरै तानाशाह हुन् किनकि उनिहरूले नागरिकलाई ठुलाठुला सपना मात्र देखाईरहे र त्यहीँ चिप्ला कुरामा नागरिकलाई सधैं दासी देखिरहे दासी बनाईरहे ।लाेकतन्त्रकाे नारा लागेकाे ७० वर्ष हुदा पनि किन अहिलेसम्म नागरिकका आवाज सुनिदैनन्,अनि निर्मलाहरूले किन न्याय पाउदैनन् , गंगामाया अधिकारीले न्याय पाउँदैनन् ? मुक्तिप्रसाद अधिकारीहरुलाई मारिन्छ तर दशकौंसम्म न्याय पाउँदैनन् ? मदन भण्डारीको नाममा सत्तामा पुगेकाहरूले नै मदन भण्डारी बिर्सिए अनि कहाँबाट आउँछ लोकतन्त्र ?आजकाे युवा पनि काेहि कम्युनिस्टकाे नाममा त काेहि कांग्रेसकाे नाममा दासि भईरहेका छन् । नत्र किन विद्राेह गर्न सक्तैनन् ? आजकाे प्रश्न हाे ?के याे मुलुक प्रचण्ड,ओली ,देउवाहरूकाे मात्र ठेक्का हाे । त्यति मात्र हाेईन स्थानिय सरकारकाे नाममा उदाएमा नवधनाड्य छाेटा राजाले पनि उसैगरि नागरिकलाई तानाशाह लादिरहेका छन् । लाेकतन्त्रकाे नाममा जनताले पटकपटक सडकमा रगत बगाईरहे, बन्दुक बाेकिरहे तर लाेकतन्त्र कहिले राणालाई आयाे, कहिले राजालाई आयाे, अहिले आएर हातमा गन्न सकिनेलाई केही शासकलाई मात्र लाेकतन्त्र आयाे । जनताले कहिले राणा विरूद्द बन्दुक बाेके,कहिले तानाशाह राजा विरूद्व बन्दुक बाेके अब खै कसका लागि कसले बन्दुक बाेके पछि लाेकतन्त्र आउने हाे ? याे प्रश्नकाे जवाफ जनतालाई आजकाे दिनमा कसले दिन्छ सक्छ ?आज पेट्रोलको भाउ बढ्दा विरोध गरिन्छ तर तेलको भाउले आकाश छोईसक्यो ती खाने तेल किन्न नसक्ने भुई मान्छेको आवाज कस्ले सुनिदिने अनि कस्ले बोलिदिने?अनि खै जनताको रगतमा शासकले खै कहिलेसम्म मोज गरिरहने हुन् ?