राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको एजेन्डा अघि सारेका छन् । मंगलबार राष्ट्रिय सभागृहमा राजनीतिक दल घोषणा कार्यक्रममा उनले आफू नेतृत्वको पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको अवधारण अघि सारेको बताए ।उनले पार्टी घोषणाको क्रममा बहुसंख्यक युवा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री/मुख्यमन्त्री, राइट टु रिकल एन्ड राइट टु रिजेक्ट, डिजिटल डेमोक्रेसी, परिवारवाद निषेध, भ्रातृ संगठन र कार्यकर्तारहित एजेन्डा अगाडी सारेका छन् ।