काठमाडौं -अभिनेता पुष्प खड्काले ३२ वर्ष टेकेका छन् । आजै जन्मदिन परेका फिल्म निर्देशक दीपक ओलीसँग उनले सँगै केक काटे ।
यी दुईको सहकार्य रहेको फिल्म ‘कृष्णलीला’ले काठमाडौंको हात्तीसारस्थित एक रेस्टुरेन्टमा जन्मदिन समारोह आयोजना गरेका थिए । त्यहाँ उपस्थित अभिनेत्री श्रद्धा क्षेत्रीसहितका कलाकारले पुष्प र दीपकलाई केक चखाए ।आजै बेलुका पशुपतिनाथ मन्दिरको आरती समारोहमा पुगेर समेत जन्मदिन मनाउने दीपक र पुष्पको योजना छ ।
कृष्णलीला भदौ ३ गते प्रदर्शन हुँदैछ भने ‘तिम्रो मेरो माया’ प्रदर्शनको तयारीमा छ ।








