काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यद्वय हेमन्त प्रकाश ओली र धर्मेन्द्र बास्तोलाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। उनीहरूले बिहीबार बिहान खुमलटारमा पुगेर प्रचण्डसँग भेटे गरेका हुन्।चुनावको पक्षमा रहेका विप्लव र खड्गबहादुर विश्वकर्मा प्रकाण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको भोलिपल्ट उनीहरु प्रचण्डलाई भेटेका हुन। भेटमा उनीहरूले आफ्नो पार्टीका बन्दी रिहाइ गरिदिन प्रचण्डसँग आग्रह गरेको बास्तोलाले जानकारी दिए। नयाँ वर्षको अवसरमा माओवादी अध्यक्ष र उनकी बिरामी पत्नी सीता दाहाललाई भेटेर स्वास्थलाभको कामनासमेत गरेका थिए।भेटबारे नेता बास्तोलाले फेसबुकमा लेखेका छन्, ‘नयाँ वर्ष २०७९ को शुभकामनासहित हाम्रा बन्दीहरू रिहाइका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल। लामो समयदेखि बिरामी रहनुभएकी प्रचण्ड पत्नी सीता दाहालसँगको भेट सुस्वास्थ्यको कामना।’ वली र बास्तोला दुवै स्थानीय चुनावमा जान नहुने पक्षमा छन्।नेकपामन नेताहरूसँगको भेटवार्ताबारे प्रचण्डले पनि सार्वजनिक रुपमा बोलिसकेका छन्। माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा उनले भने, उनले भनेका छन्, ‘मलाई खुसी लागेको छ, आज बिहान मात्रै पनि मैले नेकपाका केही शीर्ष नेताहरुलाई भेटेको छु। मलाई विश्वास छ उहाँहरु पनि सोच्नुहुन्छ। सिंगै समूह नै एकताबद्ध होस् भन्ने हाम्रो कोशिस छ।’प्रचण्डले हिजो सँगै बसेको साथीहरू आफ्नै घरमा फर्किंदा असहज नठान्न आग्रह गरे। उनले भने, ‘केही साथीहरू चाहिँ हिजो छिट्टै ठूलै ‘प्रचण्ड’ हुने सपना बोकेका साथीहरूलाई लाज भएको छ। तर, क्रान्तिकारी हुने साथीहरूलाई त के लाज हुन्छ र। क्रान्तिकारी सँग असहज ठान्ने। क्रान्ति विरोधीहरूसँग सहज ठान्नेहरू पनि नजिकबाट देखेको छु।’विप्लव नेतृत्वको नेता कार्यकर्तालाई जेलबाट छुटाउन आफूले पहल गरिरहेको समेत उनले दाबी गरे। जनयुद्धको कमान्डरको हैसियतले सबैलाई एकताबद्ध भएर लाग्न आग्रह गरे।