भक्तपुर । नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले चर्को करको दर घटाउन सूर्यविनायक नगरपालिकाको ध्यानाकर्षण गरेको छ ।नगर प्रमुख वासुदेव थापालाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै कांग्रेस नगर समितिले शुल्क समायोजन गरी व्यवहारिक बनाउनसमेत माग गरेको छ ।ध्यानाकर्षणपत्रमा महंगो फोहर संकलन शुल्क तत्काल घटाउन पनि माग गरिएको छ । कांग्रेस सूर्यविनायकले फोहर व्यवस्थापन व्यवस्थित गर्न माग गर्दै नगरपालिकालाई प्लास्टिक झोला मुक्त बनाउन ध्यानाकर्षण गरेको छ ।विकास योजना कार्यान्वयन गर्दा ‘अधिकतम सहमति, न्यूनत्तम क्षति’को नीति अपनाउन नगरपालिकाको ध्यानाकर्षण गरिएको छ ।कांग्रेसले सूर्यविनायक नगरपालिकाको नगरसभालाई मध्यनजर गर्दै उक्त ध्यानाकर्षणपत्र बुझाएको हो । सूर्यविनायकको नगरसभामा बिहीबार दिउँसो १ बजेदेखि सुरु हुँदैछ ।कांग्रेसको ध्यानाकर्षणपत्र बुझ्दै मेयर थापाले नगरसभाकामा ध्यानाकर्षणपत्रमा उल्लेख बुँदाबुँदामा छलफल गर्ने जानकारी दिए ।
उनले अघिल्लोपटक आफू मेयर भएर पनि नगरमा क्रियाशील राजनीतिक दलहरुसँग छलफल र सहकार्य गर्न नपाएकामा यसपटक त्यस्तो हुन दिने बताए ।मेयर थापाले सूर्यविनायकको विकासमा सबै सँगै जानुपर्नेमा जोड दिएको कांग्रेस सूर्यविनायकका सभापति ढुंगेलले जानकारी दिए ।ढुंगेल वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट सूर्यविनायक नपाका मेयर उम्मेदवारसमेत हुन् । एमालेबाट मेयर थापामा निर्वाचित हुँदा ढुंगेलले दाेस्राे स्थानमा चित्त बुझाउनुपरेकाे थियाे ।कांग्रेस सूर्यविनायकका सचिव विश्वराम थापाले आफूहरुको ध्यानाकर्षणपत्रमा मेयर थापा सकारात्मक रहेको बताए । सूर्यविनायक नगरपालिकामा कांग्रेस प्रमुख प्रतिपक्ष रहेको र सोहीअनुसार नगरवासीको समस्या र मागलाई सम्बोधन गराउन नगरपालिकालाई दबाबस्वरुप ध्यानाकर्षणपत्र दिइएको उनको भनाइ छ ।