
काठमाडौँ । बंगलादेशमा सरकारी जागिरहरूमा आरक्षण विरोधी हिंसा भड्किएपछि पछिल्ला दिनमा हिंसा बढेपछि अहिलेसम्म मृत्यु हुनेको संख्या ११५ नाघेको छ ।
प्रहरीले शनिबारदेखि देशभर कडा कर्फ्यू लगाएको छ । यस अवधिमा राजधानी ढाकाका सबै भागमा सेनाले गस्ती गरेको थियो ।
सार्वजनिक जमघटमा प्रतिबन्ध लगाए पनि यो कर्फ्यु सायद अहिलेसम्मकै सबैभन्दा घातक भएको बताइएको छ ।बंगलादेशमा भड्किएको हिंसाका कारण अहिलेसम्म सयौं मानिस घाइते भएका छन् । शनिबार पनि केही टेलिभिजन च्यानल बन्द रहे भने अधिकांश पत्रपत्रिकाको वेवसाइट पनि बन्द रहे । ढाकास्थित अमेरिकी दूतावासले स्थिति अत्यन्तै अस्थिर भएको बताएको छ ।कर्फ्यू लगाएसँगै बंगलादेश सरकारले देशमा मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ ।
आज त्यो विषयको बारेमा अदालतले निर्णय दिने बताइएको छ ।तर विभिन्न देशका नागरिकहरु दंगा थप भड्कन सक्ने आशंकामा स्वदेश फर्किन थालेका छन् । यसैविच अध्ययनको शिलशिलामा बंगलादेश पुगेका नेपाली विद्यार्थीहरु पनि सैयौको संख्यामा पैदल मार्ग हुँदै फकिएका छन् ।




























