
सोलुखुम्बु, काठमाडौं | सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बुधबार बिहान हेलिकप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन् ।अवतरणका क्रममा हेलिप्याडमा चिप्लिएपछि हेलिकप्टरमा सामान्य क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।लुक्ला विमानस्थलका अनुसार बिहान ८:१५ बजे अल्फा माइक सेरा कलसाइन भएको हेलिकोप्टर अवतरणका क्रममा चिप्लिएको हो । उक्त हेलिकोप्टर बिहान ७:४३ मा लुक्लाबाट उद्धार उडानका लागि लोबुचेतर्फ उडेको थियो । हेलिकप्टरमा यात्रु नरहेको र पाइलट विवेक खड्का सकुशल रहेका छन् ।दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।




























