
काठमाडौ।निकोलस भुसाल पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा नगरपालिका वडा नम्बर ८ स्थित सरस्वती आश्रमबाट भुसाललाई आज दिउँसो पक्राउ गरेको हो।उनलाई पक्राउ गर्न काठमाडौंबाट डिएसपी अनिल घिमिरेसहितको टोली परिचालन गरिएको थियो।उनले यसअघि सामाजिक सञ्जालमार्फत विवादस्पद अभिव्यक्ति दिएका थिए ।प्रहरीले उनलाई निगरानीमा राखेको थियो । उनलाई पक्राउ गरेर परीक्षणका लागि प्रदेश अस्पताल गोरखामा लगिएको छ।



























