
काठमाडौं।गृह मन्त्रालयले मधेसका जिल्लामा भइरहेका धर्म र सम्प्रदायबीच सुसम्बन्ध खलल पार्ने गतिविधिमा ध्यानाकर्षण भएको भन्दै सबैलाई संयमता अपनाउन अनुरोध गरेको छ।सोमबार प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले एक विज्ञप्ति जारी गर्दै सबैलाई सतर्कता, संयमता र सजगता अपनाउन अनुरोध गरेका हुन्।‘तराई एवं मधेसका २१ जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, केन्द्रमा रहेका सम्बद्ध आयोगका पदाधिकारीहरूसँग शान्ति सुरक्षा एवं धार्मिक सहिष्णुता लगायत समसामयिक विषयमा छलफल गरी संयमता, सजगता र सतर्कता अपनाउन सबैलाई आग्रह गर्ने निर्णय गरिसकेको छ,’विज्ञप्तिमा भनिएको छ।यसबीच गृह मन्त्रालयले तोडफोड, आगजनी लगायत घटना र सामाजिक द्वेष फैलाउने व्यक्ति तथा समूहलाई कानुनी दायरामा समेत ल्याइसकेको जनाएको छ। जातजाति, धर्म र सम्प्रदायबीच सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जती गर्ने, अपराध गर्न दुरूत्साहन गर्ने लगायतका गतिविधि निरूत्साहन गर्न पनि मन्त्रालयले अपिल गरेको छ।यस्ता गतिविधि आपराधिक हुने र दण्डनीय हुने बताउँदै कारबाही दायरामा समेत ल्याइने जनाएको छ।




























