
काठमाडौँ।प्रतिनिधिसभा सभामुखका निम्ति आज शुक्रबार उमेदवारी दर्ताको समय दिइएको छ ।संघीय संसद् सचिवालयले प्रकाशित गरेको तालिकाअनुसार सभामुख चयनका लागि आइतबार निर्वाचन हुनेछ ।तालिकाअनुसार, शुक्रबार बिहान ११ देखि २ बजेसम्म उमेदवारी दर्ताको समय तोकिएको छ ।
संघीय संसद् सचिवालय सिंहदरबारमा उमेदवारी दर्ता गर्न सकिने जनाइएको छ । दिउँसो २.३० बजे उमेदवारी दर्ताको नामावली प्रकाशन गरिनेछ ।




























