
कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह जंगलमा मृत अवस्थामा फेला परेका छन्।गत शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन रहेका सिंहको शव आइतबार गोरुसिङ्गे जंगलमा फेला परेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ। यसअघि उनको मोटरसाइकल भेटिएको स्थान नजिकै शव फेला परेको प्रहरीले जनाएको हो।शव फेला परेको स्थानमा प्रहरीले आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।सिंह सम्पर्कविहीन भएपछि उनको खोजीका लागि ८० भन्दा बढी सुरक्षाकर्मी तथा स्थानीयवासी परिचालन भएका थिए। लामो खोजीपछि आइतबार जंगलमा उनको शव फेला परेको हो।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



























