काठमाडौं । बैंक अफ काठमाण्डूले ग्लोबल आईएमई बैंकमा विलय (मर्ज) हुने निर्णय गरेको छ । बैंकको हिजो बसेको सञ्चालक समितिले उक्त निर्णय गरेको हो ।बैंकलाई ग्लोबलमा मर्ज गराउने सम्पूर्ण अधिकार सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठलाई दिएको हो ।
सोहीबमोजिम आज बिहान दुबै बैंकका अध्यक्ष श्रेष्ठ र चन्द्रप्रसाद ढकालले प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका छन् ।मर्जरपछि ग्लोबल बैंक पुँजीको हिसाबले झन् ठूलो बैंक बन्ने छ ।
