काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्माले अमेरिका भ्रमणमा रहेका छन्। द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न युएन मिसनका बारेमा निरीक्षण गरी शर्मा लेवनानबाट अमेरिका गएका हुन्।शर्माले असार १३ गते संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित नेसनल म्युजियम अफ द मरिन कोर्प्सको अवलोकन भ्रमण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाले जनाएको छ। भ्रमणको क्रममा शर्माले मरिन क्रोप्स युद्ध लडाई प्रयोगशालाका कमाण्डिग जनरल, ब्रिगेडियर जनरल काइल बी एलिसनसँग छलफल तथा अन्तर्क्रिया समेत गरेका थिए।
भ्रमणकै क्रममा प्रधान सेनापति शर्माले मरीन कोर्प्स कमाण्ड एण्ड स्टाफ कलेजमा भ्रमण गरेर कलेजको तालिम लगायत विविध पक्षका बारेमा जानकारी लिएको सेनाले जनाएको छ। औपचारिक भ्रमणको लागि आइतबार संयुक्त राज्य अमेरिका पुगेका शर्माले अमेरिकाका लागि नेपाली राजदूत महामहिम श्रीधर खत्रीसँग शिष्टाचार भेटघाटसमेत गरेका थिए।शर्मा असार १९ गते नेपाल फर्कने छन्।

