
मकवानपुर - मकवानपुर क्षेत्र नं. १. बाट संघीय सांसदका कमल थापाविरुद्ध जनजीत तामाङले उम्मेदवारी घोषणा गर्नुभएको छ । हेटौंडामा एक कार्यक्रका बिच उहाँले स्वतन्त्र राजनीतिक शक्ति नेपालबाट उम्मेदवारी घोषणा गर्नुभएको हो । सो पार्टीको चुनाव चिन्ह बच्चा बोकेको आमा रहेको छ । आउने निर्वाचनमा त्यही बच्चा बोकेको आमा चिन्हमा भोट गरेर निर्वाचनमा जिताउन स्वतन्त्र राजनीतिक शक्तिले आग्रह गरेको छ । भदौ २७ गते भव्य आमसभाको माझ उहाँले आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको हो ।
उक्त सभालाई संयोजक रमेश खरेल, पुण्य प्रसाई, रोमलाल गिरी गोविन्द गिरी लगायतले सम्बोधन गर्नुभएको थियो ।

उक्त सभालाई संयोजक रमेश खरेल, पुण्य प्रसाई, रोमलाल गिरी गोविन्द गिरी लगायतले सम्बोधन गर्नुभएको थियो ।
पुण्य प्रसाईले अबको ३५ दिनमा नेपाल #आमा मय हुनेछ । सचेत नेपाली पार्टीका उपाध्यक्ष जनजीत तामाङले स्वतन्त्र राजनीतिक शक्ति नेपालको तर्फबाट आमा चुनाव चिन्ह लिएर मकवानपुर जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेद्वारी घोषणा गर्नु भएको छ । हेटौडा उपमहानगरपालिका बुद्ध चोकमा एक कार्यक्रमका बीच जनताका अगाडि आफ्नो उम्मेद्वारी दर्ज गर्नुभएका जनजीत तामाङले मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नं १ बाट मेरो उम्मेदवारी किन? भन्दै मकवानपुरका जनताका बीच यस्तो ऐतिहासिक भाषण दिनुभयो,
यहाँका नागरिकले एमालेका कृष्णप्रसाद दाहाललाई तीन पटक जिताए र सांसद बनाए तर उहाँ एमसी, एसपीपी र नागरिक विधेयक जस्ता पास गरेर देश र जनतालाई विदेशीको दास बनाउने काममा सधैं सक्रिय हुनुभयो ।
कमल थापालाई एकपटक मात्र निर्वाचित गरेको होइन नौं ९ पटक मन्त्री नै हुनुभयो तर यो र त्यो बहानाबाजी गरेर राजा र हिन्दु धर्मको नाम बेचेर सत्ताको वरिपरि घुम्ने काम मात्र गरे ।
यसैगरी माओवादीले पनि के के नै गर्ला जसरी
आएका थिए तर दिल वहादुर घिसिङले राज्यको तलबभत्ता पचाउने बाहेक माखो मारेनन् ।
फेरि अर्कोपटक चुनिए कंग्रेसका ईन्द्र बानियाँ देशै बिदेशीलाई जिम्मा दिने निर्णयमा सदनमा बसेर ताली बजाउने बाहेक जनताका लागि सिन्को भाँचेनन् ।
यी बिषय थियो राष्ट्रियता बारे
अब जनतासंग प्रत्यक्ष सरोकार राख्ने बिषय नियालौं
के निर्वाचन क्षेत्र नं १ का बकैया,बागमती गाउँपालिकाका वडाहरुको एउटा वडामा पिच
भएको छ?
के सबै वडामा खानेपानीको ब्यबस्था गरेको छ?
के गम्भीर रोग लागेको बिरामीलाई तत्कालै हस्पिटल पुर्याउने ब्यबस्था गरेको छ?
के खेतीको समयमा किसानलाई मल उपलब्ध गरेको छ?
के यो गाउँपालिकाको किसानले जसोतसो दुख गरेर उत्पादन गरेको
अन्न,सब्जीहरु संकलन गरेर सही मूल्य किसानलाई दिएको छ?
के संसद कोषमा राज्यले वर्षको १० करोड छुट्टयाइएको पैसा कहाँ लगानी गरेको छ?
के ३२ सालमा नापी भएको जग्गाको लालपुर्जा वितरण भएको छ?
अब मेरो उम्मेद्वारीको खास उद्देश्य छ । म जितेपछि संसदमा केवल ताली बजाउँदिन् म सदनमा राष्ट्रघाती एमसीसी, एसपीपी र नागरिकता विधेयक विरुद्ध बुलन्द आवाज त गर्छु नै साथै स्थानीय स्तरमा आवश्यक विकास कार्यमा पनि उत्तिकै सक्रिय रहनेछु । म नेपाल आमा र नेपाली जनतालाई कहिल्यै धोका दिने छैन । मेरो चुनाव चिन्ह काखमा बच्चा बोकेकी आमा ।
जनजीत तमाङलाई जीतको शुभकामना दिएका छन् ।





























