
ग्रामीण सडक सुधार आयोजना कार्यान्वय इकाइ दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन जना कर्मचारी पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र इटहरीबाट खटिएका टोलीले सडक आयोजनाका व्यवपस्थापक हुतराज चौहान, इन्जिनियर रविन्द्र कुमार शर्मा, लेखापाल हिमाल पौडेललाई घुस रकमसहित नियन्त्रणमा लिएको जानकारी अख्तियारका प्रवक्ता भोला दाहालले दिनुभयो ।सडक निर्माण कार्यको अन्तिम सहजिकरण गरेबापत सेवाग्राहीसँग चार लाख घुस लिएको अवस्थामा आयोगको टोलीले प्रमाणसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका कर्मचारीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।




























