काठमाडौं ।अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको छ। जारी कोपा अमेरिकाको सेमिफाइनलमा क्यानडालाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना प्रतियोगिताको फाइनलमा पुगेको हो।बुधबार बिहान भएको सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोलले हरायो। अर्जेन्टिनाको जितमा जुलियान अल्भारेज र लियोनल मेस्सीले गोल गरे। अल्भारेजले २२ र मेस्सीले ५१ औँ मिनेटमा गोल गरेका थिए।यससँगै मेसी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने सूचीको दोस्रो स्थानमा उक्लिएका छन् । उनको यो अर्जेन्टिनाका लागि १ सय ९ औं गोल हो । उनले इरानको अली दाइलाई उछिनेका हुन् । दाइले १ सय ८ गोल गरेका छन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो १ सय ३० गोलसहित शीर्ष स्थानमा छन् ।