
एसीसी प्रिमियर कपमा कतारविरुद्ध सुरुवातमै नेपालले दुई विकेट गुमाएको छ ।त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४ ओभरमा २ विकेट गुमाएको हो ।नेपालले ओपनर कुशल भुर्तेललाई दुई रनमै गुमाएको थियो भने भीम सार्की ६ रनमा विकेटकिपर इमाल लियानागेबाट क्याच आउट भएका हुन् ।नेपालका रोहित पौडेल र आसिफ शेख क्रिजमा छन् ।




























