
काठमाडौं, २१ कात्तिक । जेनजी अगुवाहरु एकीकृत हुन भोली (शनिबार) काठमाडौंको कोटेश्वरमा विशेष भेला गर्दैछन् । तितरवितर रहेका जेनजीलाई एकजुट बनाएर जेनजी आन्दोलनलाई सफल बनाउने उदेश्यले सो भेला गर्न लागिएको हो ।जेनजी आन्दोलनका अगुवा एवं आन्दोलनकारी विकेश साहको नेतृत्व हुन लागेको विशेष भेलाले सातै प्रदेशमा इन्चार्ज सहितको जिम्मेवारी समेत तोक्ने बताइएको छ । जेनजी आन्दोलनलाई सार्थक बनाउन भेला गर्न लागिएको साहले जनाएका छन् ।अहिले अन्तरिम संविधान सहित जेनजी नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने उनले जनाएका छन् । जेनजी हत्यारा र देश लुटने भ्रष्टाचारीलाई सरकारले कारबाही गर्न असफल रहेको बताउदै उनले यसका बिरुद्धमा देशैभरी भण्डाफोर अभियान सञ्चालन गर्ने बारेमा समेत भेलामा छलफल हुने उनले जनाएका छन् ।निकास र विकासमा असफल सुशीला कार्की नेतृत्वको सरकार तुरुन्त विघटन गर्नुपर्ने बताउदै उनले जेनजी आन्दोलनकारीमाथिको भइरहेको धरपकड बन्द गर्नुपर्ने बताए । साथै जेनजीमाथि मुद्धा लगाउने निकम्मा गृहमन्त्री ओमप्रकाश अर्यालले तुरुन्त राजीनामा दिनुपर्ने साहले बताए ।




























