
काठमाडौं। हमासको आक्रमणपछि शुरू भएको युद्धले सम्पूर्ण पश्चिम एसियालाई हल्लाएको छ।इजरायलको बमबारी गाजामा मात्र सीमित छैन । पछिल्लो ७२ घण्टाभित्र, इजरायली सेनाले एकैसाथ ६ मुस्लिम देशहरूलाई निशाना बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । यी आक्रमणहरूमा लगभग २०० जनाको मृत्यु भएको छ र एक हजारभन्दा बढी मानिसहरू घाइते भएको समाचारमा उल्लेख छ ।कतारदेखि यमन, लेबनानदेखि सिरियासम्म। इजरायली आक्रमण भएको छ । ट्युनिसिया र गाजा पनि इजरायली आक्रमणको आगो सल्केको छ ।इजरायलले आतंकवादी लुकेका ठाउँहरूलाई मात्र निशाना बनाएको दाबी गरेको छ, जबकि प्रभावित देशहरूले यसलाई आफ्नो सार्वभौमिकतामाथिको आक्रमण भन्दै आएका छन् ।मंगलबार इजरायली सेनाले दोहा ९कतारको राजधानी०मा हवाई आक्रमण गरेको थियो। लक्षित हमासका शीर्ष नेता खलील अल–हय्या थिए। आक्रमणमा उनका छोरा, कार्यालय निर्देशक, तीन गार्ड र एक कतारी सुरक्षा अधिकारीसहित ६ जनाको मृत्यु भएको थियो ।
तिबेला हमासका नेताहरू अमेरिकी युद्धविराम प्रस्तावबारे छलफल गरिरहेका थिए।सोमबार इजरायली विमानहरूले बेका र हर्मेल जिल्लाहरूमा हवाई आक्रमण गरे। यसमा ५ जनाको मृत्यु भयो ।मंगलबार इजरायली ड्रोनले हिज्बुल्लाह सदस्यमाथि आक्रमण गरेको थियो । नोभेम्बर २०२४ मा युद्धविराम भए पनि इजरायलले लेबनानमा आक्रमण जारी राखेको छ।




























