
काठमाडौं । शेयर बजार आज पनि उच्च अङ्कले बढेको छ । साताको अन्तिम कारोबार दिन सेयर बजार ४१.४३ अंक बढेको छ ।बजार परिसूचक बढेसँगै कारोबार पनि बढेको छ ।बुधवार ४ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आज ५ अर्ब २२ करोड ३० रुपैयाँको कारोबार भएको छ ।
आज सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर ६ प्रतिशतले उकालो लागेको छ । यस्तै लगानी र माइक्रोफाइनान्स समूहको शेयर २ प्रतिशतभन्दा धेरैले बढेको छ ।सबैभन्दा धेरै गुरास र सिर्जनशील लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कुमारी सबल योजनाको सेयर मूल्य १.८२ प्रतिशतले घटेको छ ।कारोबारमा रहेका १३ वटै उपसमूहको समूहगत परिसूचक बढेका छन् । सबैभन्दा धेरै व्यापार क्षेत्रको सेयरमूल्य ५.०५ प्रतिशतले बढेको छ ।यस्तै, औद्योगिक वस्तुको उत्पादनमा क्रमिक सुधार आएका कारण उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिमा उल्लेख्य सुधार हुन गएको प्रारम्भिक अनुमान छ । दोस्रो त्रैमासिकमा सार्वजनिक प्रशासन तथा रक्षा दुई दशमलव दुई, स्वास्थ्य तीन दशमलव एक, घरजग्गा कारोबार तीन दशमलव एक प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।



























