विराटनगर| कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन वैशाख १८ -१९ गते हुने भएको छ ।विहिवार विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यहि माघ ११ देखि १३ गते सम्म आयोजना गर्ने भनिएको लगानी सम्मेलन सारेर बैशाख १८ र १९ गते निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । परियोजनाहरुको शोकेसिङ, कानुन संसोधन र खरिद प्रक्रिया लगायतका कार्य गर्न समय अभाव भएकोले लगानी सम्मेलन सारिएको उहाले बताउनुभयो ।कोशी प्रदेश सरकारले करिब १ खर्वको लगानी भित्र्याउने गरी लगानी सम्मेलन आयोजना गर्न लागेको हो । लगानी सम्मेलनका लागि ३७ वटा परियोजनाहरुलाई शोकेसमा राखिएको छ । यसका लागि विभिन्न समिति र सचिवालय समेत गठन भईसकेको छ ।कोशी लगानी सम्मेलनकोशी प्रदेश सरकारले आगामी २०८२ बैशाख १८ र १९ गते लगानी सम्मेलन गर्ने निर्र्णय गरेको छ ।विहिवार विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यहि माघ ११ देखि १३ गते सम्म आयोजना गर्ने भनिएको लगानी सम्मेलन सारेर बैशाख १८ र १९ गते निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । परियोजनाहरुको शोकेसिङ, कानुन संसोधन र खरिद प्रक्रिया लगायतका कार्य गर्न समय अभाव भएकोले लगानी सम्मेलन सारिएको उहाले बताउनुभयो ।कोशी प्रदेश सरकारले करिब १ खर्वको लगानी भित्र्याउने गरी लगानी सम्मेलन आयोजना गर्न लागेको हो । लगानी सम्मेलनका लागि ३७ वटा परियोजनाहरुलाई शोकेसमा राखिएको छ । यसका लागि विभिन्न समिति र सचिवालय समेत गठन भईसकेको छ ।