
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज परिसूचक ३.५८ अंकले बढेर २,६६१.६० विन्दुमा बन्द भएको हो । आज १० करोड ८७ करोड ५९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।आज १०४ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । यस्तै, १४१ कम्पनीको सेयरमूल्य घटेको छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले घटेको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.०२ प्रतिशतले घटेको छ ।आज कारोबारमा आएका १३ मध्ये ६ कम्पनीको सेयरमूल्य बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।




























