काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दैछन्।सोमबार लुम्बिनी प्रदेश सभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्न तय भएको छ।बिहान साढे ११ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिए।प्रदेश सभाको बैठकलाई सम्वोधनपछि प्रधानमन्त्री ओलीले घोराहीमा आयोजना हुने सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको हाे। यसअघि २०७५ साल वैशाख १६ गते तत्कालीन पाँच नम्बर प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्वोधन गरेका थिए।प्रधानमन्त्री ओलीले सुरुमा प्रदेशसभाको बैठकलाई विशेष सम्वोधन गर्ने र त्यसपछि घोराहीमा आयोजना हुने सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताए।