
काठमाडौं । अविरल वर्षाका कारण काठमाडौँको बल्खु खोलामा पानीको बहाव तीव्र भएपछि नदी किनारका घर जोखिममा परेका छन् । जोखिममा परेको एक घरमा भाडामा बस्दै आएका करिब २० जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
काठमाडौँ महानगरपालिकाका नगर प्रहरी नायब उपरीक्षक किशोरकुमार भट्टराईका अनुसार जोखिममा परेको घरबाट भाडामा बस्दै आएका करिब २० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।
बल्खु खोलामा बाढीको बहाव बढ्दै गएपछि बल्खुस्थित तरकारी बजार क्षेत्रमा समेत पानी पस्ने अवस्था देखिएको छ ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै प्रहरीले नदी किनारका क्षेत्रमा माइकिङ गरी स्थानीयवासीलाई सतर्क रहन तथा सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।


























