काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक स्थगित भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यवस्थताको कारण स्थगीत भएको हो ।यही मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज दिउँसो ३ बजेका लागि माओवादी स्थायी समिति बैठक बोलाइएको थियो ।तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यवस्तताका कारण स्थायी समिति बैठक भोलि शुक्रबारका लागि सारिएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।उपराष्ट्रपति हुनुअघि पार्टी स्थायी समिति रहेका पुनलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै सल्लाहमा राजनीतिमा फर्किएका पुनको जिम्मेवारी निर्धारण हुने माओवादीले जनाएको छ ।