काठमाडौं । ६ महानगरपालिकामध्ये ५ वटामा सत्तारुढ दलका उम्मेदवारले अग्रता लिएका छन् ।काठमाडौं महानगरपालिकाम स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् भने अरु ५ वटा महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । महानगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन छ ।भरतपुर, पोखरा, ललितपुर, विराटनगर र वीरगंज महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् । नेकपा एमालेका उम्मेदवार भने ६ वटै महानगरपालिकामा दोस्रो स्थानमा छ । महानगरको उपप्रमुखको हकमा भने एमालेले काठमाडौं, ललितपुर र विराटनगरमा अग्रता लिइरहेको छ ।काठमाडौं महानगरको मेयरमा बालेन साहले २०७१ मत ल्याएर अग्रता लिएका छन् भने एमालेका केशव स्थापितले ११६४ मत ल्याउँदै पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंह १००६ सहित तेस्रो स्थानमा छिन् ।काठमाडौंको उपप्रमुखमा भने एमालेले अग्रता लिइरहेको छ । एमालेकी सुनिता डंगोलले २००० हजार मत ल्याउँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजेश्वर श्रेष्ठ ५८० मतसहित दोस्रो स्थानमा छन् । त्यस्तै राप्रपाकी बिनिता मगैयाले ५१३ मत पाएकी छिन् ।ललितपुर महानगरमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चिरिबाबु मर्हजनले ८७७ मतसहित अग्रता लिइरहेका छिन् । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ४०२ मतसहित दोस्रो स्थानमा छन् ।महानगरको उपप्रमुखमा भने नेकपा एमालेकी मञ्जली शाक्यले ४४४ मत ल्याएर अग्रता लिइरहेकी छिन् । गठबन्धनबाटै उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्य भने २६७ सहित दोस्रो स्थानमा छन् ।भरतपुरमा पनि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ११७८ मत ल्याउँदै अग्रता लिइरहेकी छिन् । नेकपा एमालेका बिजय सुवेदीले १०६८ मतसहित दाहाललाई पछ्याइरहेका छन् । उपप्रमुखमा पनि गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले १२२६ मतसहित अग्रता लिइरहेका छन् । एमाले–राप्रपा गठबन्धनबाट राप्रपाकी हिमला गुरुङले ८३० सहित अधिकारीलाई पछ्याइरहेकी छिन् ।त्यस्तै पोखरा महानगरमा पनि सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिएका छन् । उनको मत ९२३ छ। एमालेका कृष्णबहादुर थापा ८०६ मतसहित दोस्रो स्थानमा छन् । उपप्रमुखमा पनि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले अग्रता लिइरहेकी छिन् । उनको मत १०२८ छ। एमालेकी एमाले मञ्जुदेवी गुरुङले ९०४ ल्याएर पछ्याइरहेकी छिन् ।वीरगञ्ज महानगरमा प्रमुख र उपप्रमुख दुबैमा गठबन्धनको अग्रता छ । गठबन्धनबाट जनता समाजवादीका राजेशमान सिंहले १५०७ मत ल्याएर अग्रता लिइरहेका छन् । नेकपा एमालेका बिजयकुमार सरावगी ६६८ मतसहित सिंहलाई पछ्याइरहेका छन् ।उप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले ११०५ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई लोसपाका पुरुषोत्तमलाल झाले १६० मतसहित पछ्याइरहेका छन् ।
त्यस्तै विराटनगरमा पनि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । नेपाली कांग्रेसका नागेश कोइरालाले २५८३ मतसहित अग्रता लिइरहेका छन् । त्यस्तै नेकपा एमालेका सागरकुमार थापाले १९९० मत ल्याएर कोइरालालाई पछ्याइरहेका छन् ।उपप्रमुखमा भने नेकपा एमालेकी शिल्पा कार्कीले १२१२ मत ल्याउँदै अग्रता लिइरहेकी छिन्। सत्ता गठबन्धनबाट जनता समाजवादीका अमरेन्द्र यादवले ८८७ मतसहित कार्कीलाई पछ्याइरहेका छन् ।