
नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठकले एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगिता नेपालमा आयोजना गर्ने निर्णय गरेको छ ।पोखरामा बसेको क्यानको बोर्ड बैठकले एसियन क्रिकेट काउन्सिल ९एसीसी० ले प्रतियोगिता आयोजना गर्न नेपाललाई गरेको प्रस्ताव पारित गरेको हो ।क्यानले प्रतियोगिता अप्रिलमा आयोजना गर्ने निर्णय गरेको छ । पहिलो पटक आयोजना हुन लागेको एसीसी प्रिमियर कप एसिया कप तथा इमर्जिङ टिम्स एसिया कपको छनोट खेल हो ।प्रिमियर कपमा पहिलो हुने टोलीले एसीयाका टेस्ट टिमहरू सम्मिलित एसिया कप खेल्न पाउँदा शीर्ष ३ मा रहने टोली भने इमर्जिङ टिम्स एसिया कपका लागि छनोट हुनेछ ।प्रिमियर कपमा आयोजक नेपाल सहित युएई, कुवेत, कतार, ओमान, हङकङ, सिंगापुर, मलेसिया र छनोटबाट आउने दुई टोलीको सहभागिता रहनेछ ।Source Prabhab




























