
आईसीसी विश्वकप क्रिकेटको छनोट खेलमा घरेलु टोली जिम्बावेलाई नेपालले २९१ रनको लक्ष्य दिएको छ ।जिम्बावेको हरारेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेटको क्षतिमा २९० रन बनाएको हो । नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय इनिङ खेले ।कुशल भुर्तेल ९९ रन बनाएर आउट भए भने आसिफ ६६ रन बनाएर आउट भए ।




























