काठमाडौं।अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ ।इरानका फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा अमेरिकी सेनाले आक्रमण गरेको राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले जानकारी दिएका छन् ।उनले फोर्दोमा बमको पूरै पलोड खसाइएको बताएका छन् ।इरानका परमाणु केन्द्रमा आक्रमण गरी अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिसकेका जानकारी पनि उनले दिएका छन् ।ट्रम्पले भनेका छन्, ‘सबै विमान सुरक्षित तरिकाले आफ्नो घरतिर फर्किरहेका छन् । हाम्रा महान् अमेरिकी योद्धाहरुलाई बधाई । विश्वमा यस्तो गर्न सक्ने सेना अरु कसैसँग छैन ।’उनले अब शान्तिको समय पनि आएको बताएका छन् ।इजरायल र इरानबीच युद्ध चलिरहेका बेला अमेरिका पनि इरानविरुद्धको आक्रमणमा उत्रिएको हो ।इजरायलले इरानविरुद्ध १३ जुनदेखि आत्रमण सुरु गरेको थियो । अहिलेसम्म १० इरानी न्युक्लियर वैज्ञानिक, सेनाका तीन कमाण्डर र ४ जवानको हत्या गरिसकेको इजरायलले जनाएको छ ।अमेरिकास्थित ह्युमन राइट्स एक्टिविस्ट न्युज एजेन्सीका अनुसार १३ जुनदेखि अहिलेसम्म इरानमा ६५७ जनाको मृत्यु भइसकेको र २००० बढी घाइते भएका छन् । इरानको स्वास्थ्य मन्त्रालयले भने ४३० जना नागरिक मारिएको ३ हजार ५०० बढी घाइते भएको पुष्टि गरेको छ ।यसैगरी इरानले गरेको आक्रमणबाट इजरायलमा २४ जना मात्र मारिएको दाबी गरिएको छ ।