
नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले आगामी बर्षको बजेटले बित्तिय अनुशासन कायम गर्न नसक्ने बताउनुभएको छ ।स्कुल अफ डेमोक्रेशीले शुक्रबार काठमाडौंमा आयोजना गरेको मुलुकको आर्थिक अवस्था र बजेट समिक्षा बिषयक कार्यक्रममा महतले बजेटले सरकारको प्राथमिकता निर्धारण गर्न नसकेको र आवश्यकतालाई पहिचान गर्न नसकेकाले बित्तिय अनुशासन कायम गर्न नसक्ने बताउनुभएको हो ।बजेटले पर्यटन, स्वास्थ्य लगाएतका महत्वपूर्ण क्षेत्रमा लगानी गर्ने बाटो नखोलेको र सुधारका गुञ्जायस पनि नदेखिएको उहाले बताउनुभयो । महतले सिमित स्रोत साधनका बीच आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट ल्याउने सिद्धान्तलाई वर्तमान सरकारले वेवास्ता गरेको धारणा राख्नुभयो ।त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले एक बर्षको अवधिमा सरकारलाई दिएका केहि सुझावहरुलाई बजेटले प्राथमिकतामा राखेको बताउनुभयो । अझैपनि बजेटमा रहेका कमी कमजोरीहरुलाई सुधार गर्दै अघि बढ्नुपर्ने उहाले बताउनुभयो ।उहाले बजेटको उद्देश्य र प्राथमिकतामा रहेका निजी क्षेत्र सम्बन्धी कार्यक्रम कार्यान्वयनमा सरकार र निजी क्षेत्रबीच सहकार्यहुनुपर्नेमा जोड दिनुभयो ।




























